म्यानमारको सैनिक दमनविरुद्ध काठमाडौँमा प्रदर्शन

काठमाडौँ : म्यानमारमा भएको सैनिक दमनको विरुद्धमा ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको भवन अगाडि प्रदर्शन भएको छ । प्रजातान्त्रिक विचार समाज नेपाल, मानव अधिकार सङ्गठन र न्यायका लागि मानवअधिकार सञ्जालले म्यानमारमा नागरिकमाथि भएको सैनिक दमनको काठमाडौँमा विरोध प्रदर्शन गरेका हुन् ।
म्यानमारमा भएको नरसंहारको विरुद्धमा उत्रिएका मानवअधिकारकर्मीहरुले भारत र चीनले समेत दमनको मौन समर्थन दिएको भन्दै शुक्रबार विहान पुल्चोकमा रहेको संयुक्त राष्ट्रसंघको कार्यालय अगाडि पुगेर विरोध जनाएका हुन् । उस क्षेत्रका मुलुकहरूले बिम्स्टेक मन्त्री स्तरीय बैठक गरेर सैनिक शासकलाई स्वागत तथा समर्थन गरेको हो ।
प्राजातान्त्रिक विचार समाज नेपालका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले म्यानमारमा भएको नरसंहारको विरुद्धमा छिमेकी राष्ट्रहरु नै चुप लागेर बसेको भन्दै आपत्ति जनाए । नेपालले पनि यसमा नबोलेको विषयमा पनि उनीहरूले आक्राेस व्यक्त गरेका थिए ।
मानवअधिकारकर्मीहरुले ‘म्यानमारमा सैनिक दमन बन्द गर’, ‘म्यानमारमा मानवअधिकार उलंघन बन्द गर’, ‘म्यानमारमा सैन्य शासनद्वारा गरिएको नरसंहारको घोर भत्र्सना गर्दछौं’, ‘म्यानमारमा प्रजातन्त्र र नागरिक शासन बहाली गर’, ‘शासकलाई अन्तर्राष्ट्रिय अदालतमा हाजिर गर’ लगायतका नारा लेखिएका व्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

महिनावारी हुँदा गोठमा सुत्न जाँदा ...

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

प्रतिक्रिया