जापान सरकारबाट प्राप्त ३६ करोड ६२ लाख अनुदान मन्त्रिपरिषद्बाट स्वीकृत
काठमाडाैँ - सरकारले जापान सरकारबाट नेपालको मानव संशाधन विकासका लागि प्राप्त हुने जापानी येन ३७ करोड ६० लाख (करिब ३६ करोड ६२ लाख रुपैयाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने भएको छ ।
त्यसैगरी सरकारले सार्वजनिक खर्च पुनरावलोकन समितिका अध्यक्ष भीमकुमार ओझाले उक्त पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ । यही जेठ ३१ गते बसेको मन्त्रिपरिषद्का निर्णयबारे आज जानकारी गराउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो समितिको अध्यक्ष पदमा नेपाल सरकारको राजपत्रङ्कित विशिष्ट श्रेष्णीबाट अवकाश प्राप्त गरेका मोहनकृष्ण सापकोटालाई नियुक्त गर्ने निर्णय भएको जानकारी दिए ।
सरकारले एशिया प्यासिफिक ग्रुप अन मनी ल्याण्डरिङको मिति २०७९ साउन ८ देखि १२ गतेसम्म मलेसियामा आयोजना हुने वार्षिक साधारणसभामा सहभागिताका लागि सचिवद्वय धनराज ज्ञवाली र उदयराज सापकोटाको वैदेशिक भ्रमण स्वीकृत गरेको छ ।
सरकारका प्रवक्ता कार्कीले मिलेनियन च्यालेञ्ज एकाउन्ट नेपाललाई रातमाटे सवस्टेसन निर्माणका लागि नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिकामा जग्गा उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए ।
उनले भने, 'मिति २०७९ असार ११ र १२ गते स्वीट्जरल्याण्डमा आयोजना हुने ‘९२औँ अनुअल जेनेरल मिटिङ अफ द बैंक फर इन्टरनेशल सेटलमेन्ट’ विषयक कार्यक्रममा भाग लिन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई स्वीकृति दिने निर्णय भएको छ ।'

अब क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क : मन्त्री पौडेल

भानुभक्त आचार्य नेपाली भाषा र भावनालाई जोड्ने सेतु: प्रधानमन्त्री ओली

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ: अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली

मुलुकको अर्थतन्त्र सुधार हुँदैछ, निराश हुनुपर्दैनः अर्थमन्त्री पौडेल

एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह

प्रतिक्रिया