प्रारम्भिक कक्षा पठन गणित सीप परीक्षण सम्बन्धी एक दिने अभिमुखीकरण

सुर्खेत - दैलेखको ठाटीकाँध गाउँपालिकामा प्रारम्भिक कक्षा पठन गणित सीप परीक्षण सम्बन्धी एक दिने अभिमुखीकरण सम्पन्न भएको छ ।
सोसेक नेपालद्वारा आयोजित अभिमुखीकरणका ३३ वटा बाल विकास केन्द्रका शिक्षकहरू सहभागी थिए । गाउँपालिका स्थित प्रारम्भिक तहका शिक्षकहरूका लागि प्रारम्भिक कक्षा पठन गणित सिप सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो ।
३३ वटा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरूको सहभागिता
ठाटीकाँध गाउँपालिकामा एईआएन लक्जेम्बर्गको आर्थिक सहयोगमा सोसेक नेपालमार्फत गुणस्तरीय शिक्षा अभिवृद्धि, स्वास्थ्य र जीविकोपार्जन सहयोग कार्यक्रम (सहकार्य) सञ्चालित छ । परियोजना अन्तर्गत आयोजित अभिमुखीकरणमा ३३ वटा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरूको सहभागिता रहेको थियो । अभिमुखीकरणकोे सहजीकरण एलिजा तुलाधरले गरेको परियोजना संयोजक जीवराज रेग्मीले जानकारी दिए ।
गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नेत्रबहादुर थापाले विद्यालयको प्रारम्भिक कक्षामा अध्ययनरत बाल बालिकाको पठन सिप क्षमताको परीक्षण गरी सिप बढाउनका लागि यो कार्यक्रम प्रभावकारी हुने बताए ।
अभिमुखीकरणमा सहभागी शिक्षकहरूले उत्साहित भएका छन् । उनीहरूले विद्यालयमा गएर परीक्षण गरी नतिजा विश्लेषण गर्ने र त्यसकै आधारमा योजना बनाई क्षमता बढाउन प्रतिवद्धता समेत जनाएका छन् ।

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै लालबहादुर

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पढाई सुरू

किन असन्तुष्ट छ सरकार र शिक्षक महासंघको सहमतिसँग विद्यालय कर्मचारी परिषद् ?

प्रतिक्रिया