अन्तर्राष्ट्रिय गुणस्तरको छवि बनाउँदै सीजी

काठमाडौँ - चौधरी ग्रुप अन्तर्गत इलेक्ट्रोनिक्स जगतमा सीजी ब्राण्ड एउटा छुट्टै पहिचानका साथ स्थापना गरिएको छ । सीजी ब्राण्ड विशेषगरी सम्पूर्ण नेपालीहरूलाई मध्यनजर गरी प्रिमियम प्रोडक्ट उचित बजेटमा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको हो । सन् २००५ देखि सीजीले टेलिभिजन र डिभीडीहरू आफ्नै देशमा बनाउने र विक्री वितरण गर्न सुरु गर्यो । आफ्नै देशमा बनाउने हुनाले सीजीमा नेपालीपन झल्किन्छ ।
सफलता पूर्वक सीजीले आफ्ना सामानहरू बजारमा विक्री वितरण गर्न सुरु गरेपछि सीजीले आफ्ना सामानहरूमा अझै बढि रेन्जहरू थप्दै गयो । जसमा होम इन्टरटेनमेन्टको, होम अप्लाइनसेस, एसी, साना घरायसी सामानहरू, सिएफएल. बल्भ, एलइडि. टिभी., एलइडी. लाइटस्, अडियो सिस्टम, सोलार, चिम्नी जस्ता सामानहरू रहेका छन् । छोटो समयमा नै सीजी.ले धेरै भन्दा धेरै सामानहरू आफ्नो ब्राण्डमा ल्याई फलस्वरुप नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड बन्न सफल भयो ।
नेपालको एक मात्रै आइ.एस.ओ. ९००१ः२०१५ बाट प्रमाणित सीजी ब्राण्ड, गुणस्तरिय सामान उचित बजेटमा उपलब्ध गराई प्रत्येक नेपालीको चहानालाई परिपूर्ती गर्ने सीजी ब्रान्डको प्रमुख दृष्टिकोण रहेको छ । नेपाली बजारमा लिडिङ ब्राण्ड र गौरवान्वित नेपाली ब्राण्ड बन्ने उद्देश्यका साथ सीजी. अगाडी बढिरहेको छ । प्रत्येक नेपालीको घर घरमा सीजी. ब्राण्ड पुर्याउने यसको प्रमुख उद्देश्य रहेको छ ।
आफ्नो लगनशिलता र अथक मेहनतको साथ सीजी ब्राण्ड आज नेपालकै सबैभन्दा ठूलो र नं. १ ब्राण्ड बन्न सफल भएको छ । हल सीजी.मा ५०० वटा भन्दा बढी लाइनअपमा सामानहरू उपलब्ध छन् । यी सामानहरू विक्री वितरण गर्न सीजी.ले आफ्नो डिलर नेटवर्क पनि विस्तार गरेको छ । नेपाल भरि ५०० भन्दा बढी डिलरहरू सक्रियताका साथ सीजीसँग अबद्ध छन् ।
करिब २०० भन्दा बढी सर्भिस सेन्टरहरू रहेको हुनाले ग्राहकलाई सर्वसुलभ रुपमा सेवा प्रदान गर्दै आइरहेको छ । सीजीका सामानहरू उचित मूल्यमा गुणस्तर युक्त भएकै कारण आज सफल भएको छ । सीजी ब्राण्ड सफल हुनुमा सीजीका सम्पूर्ण डिलरहरूलाई र सीजीसँग अबद्ध रहेर काम गर्नेहरूलाई नै सीजी आफ्नो सफलताको करक मान्दछ । त्यस्तै, सीजीले हाल सम्म आफ्नै नेपाल भरि १३ ओटा डिजिटल सोरुमहरू पनि खोलिएको छ ।
सीजी बाण्डको बारेमा बृस्तित रुपमा जानकारी लिनको लागि सीजीले आफ्नो छुट्टै वेबसाइट पनि बनाएको छ । जहाँ बाण्डको बारेमा मात्र नभइ सामानहरूको विशेषता, यसको मूल्य, रंग, साइज आदि जस्ताको बारेमा सम्पूर्ण जानकारी दिइएको छ ।
सीजी ब्रान्डलाई अझै माथि लैजाने उद्देश्यले हालै सीजीले सीजी ब्राण्डमा सिग्नेचर सिरिज 'सीजी. मेरिडिया' ल्याएको छ । यो सिरिजमा टिभी., वासिङ मेसिन, एसी., रेफ्रिजेरेटर, भ्याकुम, राइसकुकर, इन्डक्सन, ग्याँस स्टभ, पंखा, एयर प्रायर जस्ता प्रिमियम प्रोडक्टहरू आइसकेका छन् भने, अरु पनि प्रोडक्टहरू ल्याउने क्रम जारी नै रहेको छ । यी प्रोडक्टहरू देख्दा निकैनै आकर्षक र यसमा विशेषताहरू पनि निकै नै आकर्षक रहेको कारण यी प्रोडक्टहरूलाई सीजीले आफ्ना प्रिमियम प्रोडक्टको सिरिजमा राखेको छ ।

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया