आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

थप १६ जनामा कोभिड संक्रमण, मृत्यु शून्य

काठमाडाैँ -  नेपालमा थप १६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ३८ पिसिआर परीक्षणका क्रममा १२ जना र १ हजार २ सय ३० एन्टीजेन परीक्षणका क्रममा ४ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप १४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार २ सय ६२ जना निको भएका छन् । हाल नेपालमा ९५ जना सक्रिय संक्रमित आइसाेलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।