सेयर बजार दोहोरो अंकले बढ्यो, कारोबार रकममा भने कमी

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीवारको कारोबारमा १३ अंकले बढेको छ । तीव्र उतारचढावबीच परिसूचक आज १२.५७ अंकले बढको हो ।
आज बजार बढेपनि कारोबार रकम भने घटेको छ। बुधवारको कारोबारमा करिव १ अर्ब ५० करोडको कारोबार भएको बजार आजको कारोबारमा १ अर्ब १८ करोड कारोबार भएको छ । २२१ कम्पनीको ३५ लाख ९४ हजार ५ सय ९४ कित्ता सेयर २५ हजार ५ सय ८५ पटकमा खरिद बिक्री हुँदा १ अर्ब १८ करोड ७१ लाख ४५ हजार ५ सय १९ रूपैयाँ बराबरको कारोबार भयो ।
बजार परिसूचक १३ अंक अर्थात शून्य दशमलव ६४ प्रतिशतले बढ्यो । ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य मापक सेन्सेटिभ परिसूचक शून्य दशमलव ८२ प्रतिशत अर्थात ३ दशमलव १० अंकले बढेर ३८२ मा उक्लिएको छ । बुधबार ३० अंकले घटेर १९६६.३७ ओर्लिएको परिसूचक आज १३ अंकले बढ्दा १९७८.९४ मा उक्लिएको छ । समूहगत उप-समूहमा आज जीवन बीमा तथा लगानी समूह घटेका छन् बाँबी ११ समूह बढेका छन् ।
बजार बढ्दा आँधीखोला लघुवित्त, रिभर फल्स पावर लिमिटेड, सामुदायिक लघुवित्त, कालिका लघुवित्त, नेपाल क्रेडिट एण्ड कमर्स बैंक लगायतको सेयर बढी कमाउनेमा परेका छन् । त्यस्तै लुम्विनी जनरल इन्स्योरेन्स, राष्ट्र उत्थान लघुवित्त, माउन्टेन इनर्जी नेपाल, कुमारी इक्वुटी फण्ड, हिमालयन पावर कम्पनी लगायतको सेयर मूल्य घटेको छ ।

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया