एसपीपी सम्झौता अस्वीकार गर्नुपर्छ : सांसद पौडेल
काठमाडाैँ - राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले एसपीपी सम्झौतालाई अस्वीकार गर्नुपर्ने बताएकी छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद पौडेलले एसपीपी सम्झौताले देशको राष्ट्रियता र सार्वभौमिकतामा खतरा उत्पन्न गर्ने भन्दै यसलाई अस्वीकार गर्नुपर्ने बताएका हुन् । उनले अमेरिकी दुतावासले एसपीपी सम्झौता पहिले नै भइसकेको भनेर विज्ञप्ती निकालेको र नेपाली सेनाले सो विज्ञप्तीको खण्डन गरेको उल्लेख गर्दै उनले यस सम्बन्धमा प्रधानमन्त्रीले आधिकारिक कुरा स्पष्ट पार्नुपर्ने बताइन्।
उनले एसपीपी इण्डोप्यासिफिक रणनीतिको अंग भएकाले त्यसमा नेपाल गएमा अमेरिका र चिनको द्वन्द्वमा नेपाल फस्ने शंका व्यक्त गरिन् । सांसद पौडेलले एसपीपी सम्झौता गरिए नेपाल युक्रेनको स्थितिमा पुग्ने बताइन् ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया