अर्थमन्त्रीका जवाफहरु सुन्न लायक छैनन् : सांसद भट्टराई
काठमाडौं–नेकपा एमालेका सांसदले संसद्मा चलिरहेको बजेट छलफलमा अर्थमन्त्रीका जवाफहरू सुन्न लायक छैनन् भन्दै संसद् बहिस्कार गरेका छन् । सभामुखलेअर्थमन्त्रालयसम्बन्धी उठेको प्रश्नमा जवाफ दिन मन्त्री जनार्दन शर्मालाई समय दिए लगत्तै एमालेले विरोध जनाएको थियो ।
बजेट निर्माण गर्दा अनाधिकृत व्यक्ति संलग्न भएको भन्दै एमालेले छानविनको माग गर्दै अवरोध गरेको हो । एमाले सांसद विशाल भट्टराईले प्रतिपक्षीले विषय उठान गरिरहँदा पनि अर्थमन्त्रीलाई जवाफ दिन समय दिएको भन्दै सभामुखले संसदीय मर्यादालाई सम्मान नगरेको समेत बताए ।
‘हामीले यति गम्भिर विषय उठान गरेर सभामुख ज्यूलाई त्यस दिनको सीसीटिभी फुटेज खोजी गरौँ भन्दा पनि हाम्रा मागहरू सुनुवाइ भएनन्,’ उनले भने, ‘र प्रमुख प्रतिपक्षी संसदीय दलको व्यवस्थाको इतिहास खोजेर अध्ययन गर्दा हुन्छ । यो ठाउँमा उभिएर 'अब्जेक्सन' जनाइसकेपछि जबरजस्ती यो ठाउँमा अर्थमन्त्रीलाई उभ्याएर जनताले सुन्नै नचाएको विषय प्रस्तुत गर्न खोजेर सभामुख ज्यूले पनि यो संसदीय मर्यादालाई अलिकति सम्मान गर्नुभएन कि भन्ने हामीलाई चिन्ता लागेको छ ।’
सांसद भट्टराईले अर्थमन्त्रीका जवाफहरू यो जनताकालागि र स्वयम् प्रतिपक्षी दलकालागि पनि कुनै सुन्न लायक नभएकाले बहिस्कार गरिएकाे बताए । ‘अर्थमन्त्रीका जवाफहरु जनताकालागि र स्वयम प्रतिपक्षी दलकालागि पनि कुनै सुन्न लायक जस्तो लागेन,’ उनले भने, ‘त्यसो भएको हुनाले यो शीर्षको सदनलाई बहिस्कार गर्न चाहान्छौँ । यसपछिका पूर्ववत् छलफलमा नेकपा एमाले सामेल हुने कुरा म जानकारी गराउन चाहान्छु ।’

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया