कोभिड संक्रमित सचिन तेन्दुलकर अस्पताल भर्ना
काठमाडौँ : कोभिड-१९ संक्रमणबाट ग्रसित भारतीय क्रिकेट टिमका पूर्व कप्तान सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन् । केही दिनअघि कोभिड संक्रमित भएका सचिन शुक्रबार अस्पताल भर्ना भएका हुन् ।
चिकित्सकको सल्लाहअनुसार आफू अस्पताल भर्ना भएको उनले ट्वीटमार्फत बताएका छन् । सन् २०११ मा भारतले एकदिवसीय क्रिकेट विश्वकप जितेको थियो । १० वर्षअघि आजकै दिन फाइनलमा श्रीलंकालाई हराउँदै भारतले उपाधि उचालेको थियो ।
सचिनले अस्पतालकै बेडबाट विश्वकप जितेको १० औँ बार्षिकोत्सवको शुभकामना दिएका छन् । सचिन भारतीय टोलीका प्रमुख खेलाडी रहँदा कप्तानी भने महेन्द्रसिंह धोनीले गरेका थिए ।

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

प्रतिक्रिया