सिमेन्ट उत्पादक संघले गर्यो बजेटको स्वागत

काठमाडौँ- नेपाल सिमेन्ट उत्पादक संघले स्वदेशमा स्थापित सिमेन्ट/क्लिङ्कर उत्पादन गर्ने उद्योगहरू संरक्षण तथा सम्वर्द्धन गर्न र देशको व्यापार घाटा कम गर्न निकाशीमा नगद प्रोत्साहन र उद्योगहरूले उपभोग गर्ने विद्युत महसुलमा छुट दिने बजेटको घोषणाको स्वागत गरेको छ ।
बजेटमा निर्यातलाई प्राथमिकतामा राखी निर्यातका उच्च संभावना भएका वस्तुहरूमा सिमेन्ट र क्लिङ्करलाई समावेश गरी यसको निर्यातमा ८ प्रतिशत नगद प्रोत्साहन दिने व्यवस्था स्वदेशी उत्पादनमुलक उद्योगहरूको हितमा रहेको संघले जनाएको छ ।
संघका अध्यक्ष इन्जिनियर ध्रुवराज थापाले विज्ञप्ति जारी गरी बजेटमा गरिएको बन्दोबस्तीले देशमा प्रचुर मात्रामा रहेको कच्चा पदार्थ चुनढुङ्गाको उपयोगमा उल्लेखनीय वृद्धि हुुनुका साथै यि उद्योगहरू पूर्ण क्षमतामा संचालन भएमा १ खर्ब ५० अर्ब रुपैयाँभन्दा बढी रकमको निकाशी गर्ने सम्भावना रहेको उल्लेख गरेका छन् ।
‘यसले देशमा चुलिएको व्यापार घाटा कम गर्न र अमुल्य विदेशी मुद्रा सञ्चिती गर्नमा उल्लेखनीय सहयोग पुग्ने व्यहोरा अवगत गराउँदछौं,’ विज्ञप्तिमा छ ।
संघले देशको औद्योगिक क्षेत्रको विकास गर्न एंव निर्यात प्रर्वद्धन गरी आयात प्रतिस्थापन गर्न योगदान पुग्ने गरी भएको वार्षिक १० करोड भन्दा वढि रकमको विद्युत खपत गर्ने उद्योगहरूलाई विद्युत महशुलमा १५ प्रतिशतसम्म छुट दिने व्यवस्था पनि
स्वागत गरेको छ । ‘यस व्यवस्थावाट देशको औद्योगीकीकरणमा योगदान पुग्ने र स्वदेशमा उत्पादित विद्युतको खपत स्वदेशमा नै हुने वातावरण सिर्जना हुने विश्वास हामीले लिएका छौ,’ विज्ञप्तिमा भनिएको छ । संघले बजेटले गरेका व्यवस्था शीघ्र कार्यान्वयनमा ल्याउन सबै सरोकारवालारुले अनुरोध गरेको छ ।
मूल्यअभिवृद्धि र विलासिता करबारे पुनर्विचार गर्न आग्रह

जलविद्युत् आयोजनाबारे राष्ट्रपतिलाई ‘ब्रिफिङ’
सुनचाँदी व्यवसायी आन्दोलनमा

वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया