गौतमबुद्ध क्रिकेट रंगशाला : संघ सरकारको साढे २२ करोड बजेट, बागमतीले थप्यो ५ करोड

चितवन- धुर्मुस-सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण सुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम स्थानीय, प्रदेश र संघ सरकारको सहकार्यमा पूरा गरिने भएको छ ।
आर्थिक अभावका कारण निर्माण रोकिएको सो क्रिकेट रंगशालामा संघ सरकारले आगामी आवका लागि २२ करोड ५० लाख विनियोजन गरिसकेको छ ।
बागमती सरकारले पनि आगामी आवका लागि सोही रंगशालामा ५ करोड विनियोजन गरेको छ ।
बागमतीका आर्थिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेलले प्रस्तुत गरेको बजेटमा ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सम्पन्न गर्न भरतपुर महानगरपालिकासँग सहकार्य गर्न ५ करोड छुटाएको छु’ भनिएको छ ।
यो रंगशाला निर्माणमा भरतपुर महानगरपालिकाले पछिल्ला हरेक वर्ष बजेट विनियोजन गर्दै आएको छ । ३ अर्ब लागत रहेको यो रंगशालामा १४ प्रतिशत काम सम्पन्न भएपछि फाउण्डेसनले हात उठाएको थियो ।

मण्डनदेउपुरका चार उद्योग बन्द गरियो

अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ

गर्मी बढेसँगै इच्छाकामनामा आन्तरिक पर्यटकको आगमन वृद्धि
४७ व्यापारीविरुद्ध मुद्दा दायर
पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’

काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद
अब सुकाजोरबासीलाई गाउँमै खानेपानी

प्रतिक्रिया