सेयर कारोबार विनियमावली आइतबारदेखि लागू हुने
काठमाडौँ- नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) थप गरी स्वीकृत गरेको सेयर कारोबार विनियमावली आइतबारदेखि लागू हुने भएको छ । बोर्डले पठाएको विनियमावली नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सञ्चालक समितिले स्वीकृत गरी लागू गर्ने निर्णय गरेको हो ।
नेप्सेको सञ्चालक समितिको गत साताको बैठकले स्वीकृत गरेको उक्त विनियमावली लागू भएपछि ब्रोकर आफैले टीएमएस बनाउन सक्ने भएका छन् ।
नेप्सेले धितोपत्र बजारको कारोबार व्यवस्थापन प्रणाली, तथ्यांक प्रयोगलगायत विषयलाई समेटेर धितोपत्र कारोबार विनियमावली २०७५ लाई संसोधनको मस्यौदा धितोपत्र बोर्डमा पठाएको थियो । सो मस्यौदामा बोर्डले आवश्यक संशोधन गरेर स्वीकृत गरेपछि नेप्सेले लागू गरेको हो ।
विनियमावलीको परिच्छेद २ पछि २ ‘क’ थप गरेर धितोपत्र बजारमा प्रयोग हुने प्रविधिको सम्बन्धमा व्यवस्था थप गरिएको छ । विनियमावली अनुसार कारोबार व्यवस्थापन प्रणाली एक स्टक एक्सचेन्ज र १० वटा कारोबार सदस्यले प्रयोग गरिराखेकोलाई हुनु पर्ने व्यवस्था छ ।

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया