मधेस प्रदेशसभाको बैठक अर्को सूचना नहुञ्जेलसम्मको लागि स्थगित

जनकपुर - मधेस प्रदेशसभाको बैठक अर्को सूचना नहुञ्जेलसम्मको लागि स्थगित भएको छ । प्रदेशसभा सचिवालयले आज साँझ सूचना जारी गरी मधेस प्रदेशसभाको बैठक अर्को सूचना नहुञ्जेलसम्मको लागि स्थगित भएको जानकारी दिएको छ ।
प्रदेशसभाको आजको बैठकमा मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आर्थिक वर्ष ०७९/०८० को लागि बजेट प्रस्तुत गरेका थिए । प्रदेशसभामा बजेट प्रस्तुत भएसँगै सभामुख सरोजकुमार यादवले प्रदेशसभाको बैठक अर्को सूचना नहुञ्जेलसम्मको लागि स्थगित भएको घोषणा गरे ।
प्रदेशसभाको आजको बैठकमा अर्थमन्त्री साहले ४६ अर्ब ८८ करोड नौ लाख ९५ हजारको बजेट सार्वजनिक गरे । प्रस्तुत बजेटमा चालुतर्फ रु २१ अर्ब ७६ करोड ६७ लाख (४६.४४ प्रतिशत) र पूँजीगततर्फ रु २५ अर्ब ८२ करोड २० लाख ८० हजार (५३.२१ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ रु १६ करोड २४ लाख ५६ हजार (०.३५ प्रतिशत) बजेट विनियोजन गरेको उल्लेख छ ।

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

शिव सर्किटको अवधारणामा बाग्मती प्रदेश सरकार
माझी भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

प्रतिक्रिया