सरकारले एसपीपी कार्यक्रमको उद्देश्य स्पष्ट पार्नुपर्छ : सांसद कँडेल

काठमाडाैँ - नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)को उद्देश्य स्पष्ट हुनुपर्ने बताएका छन् ।
बुधबार नयाँबानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद कँडेलले सो सम्झौतामार्फत अमेरिकी सेनाको रणनीतिक उद्देश्य हो भने अघि बढाउन नहुने धारणा राखेका हुन् । उनले अमेरिकी सेनाहरु नेपाल आउने र उनीहरुकै नियम, कानुनको अधिनमा चल्ने भए सो सम्झौता अगाडि बढाउन नहुने बताए ।
उनले भने, ‘हामीले अमेरिकी सेनालाई यहाँ ल्याएर उनीहरुको केही रणनीतिक उद्देश्य हो भने त्यसले राम्रो गर्दैन । होइन सेनाहरूको तालिमका लागि एक आपसी सद्भावका साथ आउने, जाने फरक कुरो हो । हिजोको दिनमा एमसीसीको विषयमा जुन किसिमले चर्चा चल्यो । बहस चल्यो । र, त्यो बहसमा अमेरिकी सेनाहरु पनि यहाँ आउँछन् र उनका नियम, कानुन विभिन्न कुराहरु जुन उठेका थिए । यदी त्यो हो र त्यस अन्तर्गत आउँछ भने यो राम्रो होइन । त्यसमा मेरो सहमति छैन ।’

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया