सरकारले नेपाललाई भूराजनीतिक द्वन्द्वमा लैजान खोज्याे : प्रदीप ज्ञवाली
काठमाडाैँ - पूर्वपरराष्ट्रमन्त्री एवं नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले सरकारले नेपाललाई भूराजनीतिक द्वन्द्वमा लैजान खोजेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद ज्ञवालीले सरकारले निरन्तर रुपमा एकपछि अर्को गर्दै नेपाललाई भूराजनीतिक द्वन्द्वमा लैजान खोजेको आरोप लगाएका हुन् । उनले सानो कामको लागि नेपालमा खडा गरिएका सम्पर्क कार्यालयहरु हटाउन सरकारलाई १० औं वर्ष लाग्ने स्थिति रहेको अवस्थामा सरकारले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता गर्नु नेपालको संविधानको विरुद्ध भएको दाबी गरे ।
सांसद ज्ञवालीले सरकारले संविधानको मात्रै नभई नेपालले अहिलेसम्म अवलम्वन गर्दै आएको सन्तुलित, स्वतन्त्र परराष्ट्र नीतिको विरुद्धमा अगाडि बढेको जिकिर गरे उनले नेपाललाई जानाजान भूराजनीतिक द्वन्द्वमा धकेल्न नमिल्ने बताए । अघिल्लो सरकार ढालेर बनेको गठबन्धन सरकारले श्रृंखलावद्ध रूपमा परराष्ट्र नीतिमा समेत विचलन ल्याउने काम गरेको दाबी गरे ।
ज्ञवालीले नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने काम कुनै पनि हालतमा स्वीकार्य नहुने चेतावनी दिए । उनले नेपालको सबै देशसँग मित्रतापूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै वर्तमान सरकार अन्य देशका ग्लोबल एजेण्डाहरुको साझेदार बन्न सक्दैनौं भन्न समेत नसकेको भन्दै वर्तमान सरकारलाई सरकारमा बसिरहने नैतिक अधिकार नभएको बताए ।
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

संसद्को अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया