सेयरका लगानीकर्ता झुन्डेर मर्छु भन्दै मकहाँ आउँछन्: गगन थापा

काठमाडौँ – सेयर बजार निरन्तर घटेको विषयमा संसदमा कुरा उठेको छ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आज संसदमा कुरा उठाएका हुन । सेयर बजार घटबढ हुन सामान्य भएपनि सरकारको नीतिले बजार निरन्तर घटेको भन्दै कुरा उठाएका हुन ।
अर्थतन्त्रको परिसूचकको रूपमा हेरिने गरिएको बताउँदै । सेयर बजार स्थायित्व र सबलताले लगानीकर्ताको मात्र नभएर समग्र अर्थतन्त्रको समेत समुन्नति हुन्छ । लामो समयदेखि नेपालको सेयर बजार अस्थिर रहेको र यसले धेरै लगानीकर्तामा निराशा छाएको बताए । उनले भने 'कतिपय लगानीकर्ता म झुन्डेर मर्छु भन्दै मकहाँ आएका छन् ।'
२०७८ भाद्रमा उच्चतम विन्दुमा पुगेको नेप्से हिजो १९९६ मा आइपुगेको बताउँदै यसरी एकोहरो बजार घट्दा सेयर बजारको विश्वसनीयतामा समेत प्रश्न उठ्ने बताए । यसबाट धेरै साना लगानीकर्ता उठ्नै नसक्ने स्थितीमा पुगेको बताउँदै यसमा नेपाल राष्ट्र बैंकको कर्जा लगायतका नीतिले गर्दा बजार गिरावट गएको बताए । थापाले नियामकले के कस्ता कार्य गरेका छन् संसदसमक्ष जानकारी दिन समेत थापाले ध्यानाकषर्ण गराएका थिए ।

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया