भारतले साना बचतका लागि ब्याजमा कटौती नगर्ने संकेत
नयाँ दिल्ली : भारतकी संघीय अर्थमन्त्री निर्मला सितारमणले बिहीबार अघिल्लो दिन घोषणा गरेको साना बचत योजनाको ब्याज दरमा हुने भनिएको कटौतीलाई ‘पुनरावलोकन’ पछि कटौती गर्ने संकेत गरेका छन् ।
कटौती गरेको राष्ट्रिय बचत योजना र सार्वजनिक सञ्चय कोषलगायतमा लागु गर्नेगरी आएको ब्याजदर योजनाले लाखौँ मध्यम वर्गीय बचतकर्तालाई प्रभाब पार्ने भन्दै यसलाई विचाराधीन राखिएको बुधबार अर्थमन्त्रालयले बताएको छ ।
"भारत सरकारको साना बचत योजनाको ब्याज दर २०२०–२०२१ को अन्तिम त्रैमासिक अवधिको दरमा जारी रहनेछ, जसमा मार्च २०२१ सम्ममा पर्ने दरहरू पुनरावलोकन गर्दै फिर्ता लिइने छ,' अर्थमन्त्री सीतारमणले सामाजिक सञ्जालमा लेखेका छन् ।
यदि नयाँ कर दर निर्देशन कार्यान्वयन भएको भए यो एक बर्षभित्र सानो बचतमा दोस्रो कटौती हुने थियो । यो दर लागु हुँदा उक्त क्षेत्रको ब्याज दर चार दशकमा सबैभन्दा न्यून हुने थियो ।
आर्थिक वर्ष २०२०-२१ को अप्रिल-जूनको त्रैमासिकमा सरकारले साना बचत योजनाहरूको दर ०।७० देखि १।४ प्रतिशतले कटौती गरेको थियो । यो कटौतीले बालिकाहरू तथा ज्येष्ठ नागरिकका बैंकिङ योजनाहरूलाई पनि प्रभाव पार्ने आशङ्का व्यक्त गरिएको थियो । (सिन्ह्वा)

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : …
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रतिक्रिया