प्रदूषण बढेपछि हेटौंडामा आँखा अस्पतालमा भीड

हेटौंडा : मकवानपुरमा धुलो र प्रदुषणको कारण नागरिकहरुको आँखा पोल्ने समस्यामा कमी आउन सकेको छैन । मकवानपुरमा प्रदुषण बढेपनि जंगलमा लागेको डडेलो नियन्त्रण आएको छैन । प्रदुषण नियन्त्रणको दीर्घकालिन उपायको खोजि गर्न सम्बन्धित निकायले तत्परता देखाएका छैनन् ।
प्रदुषणको जोखिममा हेटौंडा सहर कायमै रहँदा जिल्लाको सामुदायिक आँखा अस्पतालमा सेवाग्राहीहरुको भने चाप बढेको छ । आँखा जाँच गर्न जानेहरुको संख्या गएको एक हप्तादेखि बढेको अस्पताल प्रशासनले जनाएको छ । दैनिक तीन सय ५० जनाले सेवा लिइरहेको आँखा अस्पताल हेटौंडाका वरिष्ठ प्रशासक सुधीर श्रेष्ठले जानकारी दिए । ‘अधिकांश सेवाग्राही आँखाको एलर्जी र पोल्ने समस्या लिएर आउने गरेको छन्’ उनले भने ।
यसका साथै नियमित आँखा जचाउँन आउने र फ्लोअप तथा आँखाको शल्यक्रिया गर्नेहरु आउँदा चाप बढेको उनले बताए । अस्पतालमा सातामा पाँच दिन आँखाको शल्यक्रिया हुने गरेको छ ।
आँखा अस्पतालले कोभिडको कारण दैनिक दुई सय जनालाई मात्र जाँच गर्दै आएकोमा पछिल्लो समय सेवाग्राहीको चाप बढेसँगै बिहान ७ बजेदेखि ११ बजेसम्म टोकन सिस्टम सुरु गरेको छ । सो समयमा आउने सबैको जाँच हुने गरेको श्रेष्ठले बताए ।
केही दिनदेखि आँखाले राम्रोसँग हेर्न नभएपछि जाँच गराउन आएको बताउँछिन् हेटौंडा–८ की सिता अधिकारी । ‘कोभिड सुरु भएदेखि नै आँखामा समस्या थोरै देखिए पनि केही दिनदेखि आँखा पोल्ने र आँशु आइरहन्छ । आँखा पोल्छ’ उनले भनिन् ।
उनीजस्तै आँखा अस्पतालमा समस्या लिएर आउने धेरै छन् । आँखाको सामान्य जाँचपछि दैनिक एक सय ५० जनाले चश्मा बनाएर लैजाने गरेको अस्पताल प्रशासनले बताएको छ । आँखा अस्पतालमा आउने सम्पूर्ण सेवाग्राही मध्ये ५० प्रतिशत स्वास्थ्य बिमाका सदस्य रहेका छन् । बिमाबाट चश्मा बनाउन एक आर्थिक वर्षमा एक पटकको लागि एक हजार रुपैयाँसम्म उपलब्ध हुन्छ । आफुलाई मन पर्ने चश्माको फ्रेम राख्न भने केही रकम थप गर्नुपर्ने अस्पतालले जनाएको छ ।

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

प्रतिक्रिया