अनाधिकृत व्यक्तिले बजेट बनायो भन्ने कुरा भ्रामक हो : अर्थमन्त्री शर्मा
काठमाडौं–अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिको प्रवेश भई चलखेल भएको भन्ने कुरा भ्रामक भएको बताएका छन् । संसद्माको मंगलबारको बैठकमा थुप्रै सांसदले बजेट निर्माण प्रक्रियामाथि प्रश्न उठाएका थिए । सांसदहरूको प्रश्नको उत्तर दिँदै उनले बाहिर आएका समाचार कपोलकल्पित भएको बताएका हुन् ।
‘अहिले एउटा विषय उठेको छ,’ अर्थमन्त्री शर्माले भने, ‘बजेट निर्माण गर्दा राजश्वको दरहरू घटबढ गर्न कुनै मान्छे आएर रातको १२ चलखेल गर्यो भन्ने सन्दर्भमा जुन विषय उठेको छ । यो अत्यन्त भ्रामक र कपोलकल्पित एउटा झुठ्ठा कथा बनाइएको छ । यसको म खण्डन गर्न चाहन्छु ।’
उनले बजेट सचिवहरूको नेतृत्वको कमिटीमार्फत आधिकारिक ढंगले तयार भएको दाबी गरे । ‘मन्त्रालयका जिम्मेवार पदाधिकारीहरू सचिव ज्यूहरूको नेतृत्वमा राजश्व सचिवको नेतृत्वमा राजश्व सम्बन्धि तयारी र अर्थसचिवको नेतृत्वमा अर्थ र राजश्व दुवै तयारी हुने गरि कार्यविभाजन हुने र कमिटीहरू बन्ने हो,’ उनले भने, ‘र ती कमिटीहरूले बजेटका विषयलाई प्रक्रियागत रुपमा टुंग्याउने भएको हुनाले ती कुराहरू त्यसरी नै सम्पन्न भएको कुरा म स्पष्ट गर्न चाहान्छु ।’
मन्त्री शर्माले सबै काम आधिकारिक ढंगले भएको र नियमावली प्रति उत्तरदायी भएर बनाएको समेत बताए । ‘सबै कामहरू आधिकारिक ढंगले भएका र अर्थमन्त्रीको हैसियतले नियमावलीप्रति उत्तरदायी भएर बजेट बनाइएको कुरा स्पष्ट गर्न चाहान्छु,’ उनले भने, ‘अनाधिकृत व्यक्तिले बजेट बनायो भन्ने कुरा भ्रामक भएको कुरा जानकारी गराउन चाहान्छु ।’

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया