प्रेम सुवालको प्रश्न – परराष्ट्रमन्त्रीको काम युवालाई राहदानी बाँड्ने कि देशमा रोजगारी दिने ?
काठमाडौँ– नेपाल मजुर किसान पार्टीका सांसद प्रेम सुवालले परराष्ट्रमन्त्री नारायण खड्कालाई युवालाई राहदानी बाँड्ने कि विदेशी प्रविधि ल्याएर देशमा रोजगारी दिने भनी प्रश्न गरेका छन् । संसद्मा जारी मंगलबारको विनियोजन विद्ययेकको छलफलमा बोल्दै उनले परराष्ट्रमन्त्रीलाई प्रश्न गरेका हुन् ।
‘परराष्ट्रमन्त्रीजीको काम युवालाई राहदानी बाँड्ने कि विदेशी प्रविधि ल्याएर देशमा रोजगारी दिने ?,’ उनले भने ।
उनले एसपीपीबारे अमेरिकी मन्त्रीले प्रधानमन्त्री पत्नी आरजु राणासँग छलफल गरेको विषय सत्य भए/नभएकाेबारे समेत प्रष्ट्याउन माग गरे । सांसद सुवालले १ सय ७६ देशसँग दौत्य सम्बन्ध भएता पनि कुनै पनि देशबाट मल ल्याउन र कारखाना खोल्न पहल नगर्ने कुटनीतिक असफलता किन भएको भन्दै परराष्ट्रमन्त्रीलाई जवाफ दिन आग्रह गरे।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया