जिसस मोरङमा एमालेको प्यानलै निर्वाचित

विराटनगर - जिल्ला समन्वय समिति (जिसस) मोरङमा नेकपा एमालेका प्रमुख र उपप्रमुखसहित उम्मेदवारहरू प्यानलै निर्वाचित भएका छन् । मंगलबार सम्पन्न निर्वाचनबाट प्रमुखमा एमालेका अजम्बर राई र उपप्रमुखमा उषा झा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिए ।
प्रमुखमा निर्वाचित राईले २१ र उपप्रमुख झाले २१ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । सदस्यहरूमा पनि एमालेकै तुलसी प्रसाद घिमिरे, देवमणी कटुवाल, मित्र प्रसाद ढकाल, उमा नेपाली, उर्वशी कुमारी थारु र हरि माया विश्वकर्मा निर्वाचित भएको जनाइएको छ ।
मोरङका १७ वटा स्थानीय तहमा एमालेबाट ९ जना प्रमुख र १२ जना उपप्रमुख निर्वाचित भएका थिए । कुल २१ मत रहेको एमालेका दुईजना सदस्यहरुलाई कांग्रेसको समेत मत प्राप्त भएको छ । कांग्रेसका ८ प्रमुख र ४ उपप्रमुख निर्वाचित भएका थिए । मोरङले माओवादी केन्द्रले एउटा पालिकाको उपप्रमुख जितेको थियो ।
एमालेबाट सदस्यमा निर्वाचित उमा नेपालीले २३ मत प्राप्त गरिन् । त्यसैगरी सदस्यमा मित्र प्रसाद ढकालले २२ मत प्राप्त गरेका हुन् । एमालेबाट सदस्यमा निर्वाचित नेपाली र ढकालको मत बढि आउँदा कांग्रेसका उम्मेदवारको मत भने घटेको छ । जिल्ला समन्वय समितिको निर्वाचनमा स्थानीय तहका निर्वाचित प्रमुख र उपप्रमुखले मतदान गर्ने व्यवस्था छ ।
नेपाली कांग्रेसबाट समन्वय समितिको प्रमुखमा जितेन्द्र अग्रवाल र उपप्रमुखमा निलम कुमारी सरदारलाई उठाएको थियो । उनीहरुले माओवादी केन्द्रका एक भोटसहित कुल १३÷१३ मत प्राप्त गरेका थिए ।

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान

प्रतिक्रिया