असार १५ सम्ममा मल उपलब्ध हुन्छ : मन्त्री यादव
काठमाडौं–कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादवले असार १५ सम्ममा किसानलाई मल उपलब्ध भइसक्ने बताएका छन् । मन्त्री यादवले मन्त्रालयगत बजेट छलफलमा संसद्मा उठेका प्रश्नहरूको उत्तर दिने क्रममा उनले यस्तो बताएका हुन् ।
‘असार १५ गतेसम्म मल उपलब्ध हुन्छ,’ उनले भने, ‘डिएपी र युरिया दुवै उपलब्ध हुन्छ । ८० हजार मेट्रिक टन युरिया आउने प्रक्रियामा छ । १४ हजार हाराहारी मल अहिले पनि हामी सँग पनि छ । १५/२० हजार मेट्रिक टन डिएपी पनि आउँछ ।’
उनले अहिले विकल्पको रुपमा नानो मल (झोल मल) ल्याइएको पनि बताए । ‘यसको विकल्पको लागि नानो (झोल मल) युरिया ल्याउँदै छौँ,’ उनले भने, 'विराटनगरमा हिजै त्यहाँको कृषि मन्त्रीले उद्घाटन गुर्न भएको छ । आजबाट बजारमा गएको छ । यसलाई १ लिटरको ८ सय मूल्य पर्छ । १ बिघा जमिनलाई त्यसले नाइट्रोजन दिन्छ । हामीले १ बोरा खर्च गर्ने ठाउँमा त्यसले १ लिटरले पुग्छ । ५ लाख लिटर भारत सरकारले दिने निर्णय गरेको छ ।’
उनले सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा किसान पेन्सन पनि यसै वर्षबाट सरकारले दिने पनि बताए । यसका लागि कार्यविधि बनाउनुपर्ने उनको भनाइ छ ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया