अर्थमन्त्रीले नैतिक रुपमा पदमा बस्न मिल्दैन : सुरेन्द्र पाण्डे
काठमाडौँ– नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले अर्थमन्त्रीमाथि गम्भीर प्रश्न उठेकाले मन्त्री पदमा बस्ने नमिल्ने बताएका छन् । मंगलबारको संसद बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘खासगरी करको विषय ज्यादै गोपनीय विषय हो,’ उनले भने, ‘राष्ट्रिय सुरक्षा जस्तै विषय हो । स्वार्थको विषय हो । यस्ता गोपनियताहरु बाहिर सार्वजनिक गर्ने, गोपनियताहरुमा साँठगाँठ र मिलेमतो गर्ने जस्ता कुराहरू गम्भिर अपराध मानिन्छन् । यसबारेका छानबिन हुनुपर्छ र संसदले यसबारेमा कदम चाल्नुपर्छ । यसको जवाफ हामी चाहान्छौँ । मन्त्रीले नैतिक हिसाबले त्यो जिम्मेवारीमा बस्न मिल्दैन भन्ने मलाई लाग्छ ।’
सांसद पाण्डेले बजेट निर्माणको शिलशिलामा बजेट निर्माणमा अनाधिकृत मानिसहरूसँग साँठगाँठ गरेर करको दरमा तलमाथि गरिएका कुराहरू सार्वजनिक भएको भन्दै अर्थमन्त्री माथि प्रश्न उठेको बताए । उनले यस विषयमा अर्थमन्त्रीले संसद्मा प्रष्ट नपारेको भन्दै आपत्ति जनाए ।
‘यस सन्दर्भमा नेकपा एमालेको तर्फबाट हामीले गम्भीरतापूर्वक प्रश्न खडा गरेका थियौँ,’ उनले भने, ‘तर यति गम्भिर विषयको यति गम्भीरताका साथ प्रश्न खडा गरिसकेपछि अर्थमन्त्रीले आएर यस विषयमा संसदमा आएर कुनै प्रष्ट पार्नु भएन । यो ज्यादै आपत्तिजनक कुरा हो ।’
सांसद पाण्डेले अर्थमन्त्रालय भित्रको अभ्यासमा बजेट संसदमा प्रस्तुत एकदिन भन्दा अगाडि अघिल्लो दिनसम्म अर्थमन्त्रालयका कर्मचारीहरु बाहेक कसैलाई पनि प्रवेश नदिइने प्रावधान रहेको बताए । तर अर्थमन्त्रीले मध्यरातमा अपरिचित व्यक्तिलाई डाकेको भन्दै उनले यसको जानकारी मागे ।
‘अर्थमन्त्रीले मध्यरातमा अपरिचित व्यक्तिलाई अर्थमन्त्रालयमा डाक्नुभयो,’ उनले भने, ‘मन्त्रालयका सचिव सहित विभिन्न व्यक्तिहरू सरोकारवाला व्यक्तिलाई राखेर करका विज्ञहरू उहाँ हुनुहुन्छ । उहाँहरूले भनेअनुसार गर्नु भने र निर्देशन गर्नुभयो भन्ने कुरा आएको छ । यो कुरा के हो ? आयत गरेका सामानमा ९० प्रतिशत छुट दिने र नेपालका उद्योगहरूलाई सुुकाउने गरेर साढे सात प्रतिशत कर लगाउने जुन नीति उहाँले गर्नुभएको छ ।
यो कस्तो किसिमको संलग्नता र साँठगाँठमा भएको हो । यसको जानकारी चाहियो संसदलाई ।’सांसद पाण्डेले यस्तो गम्भिर प्रश्न उठेपछि यसमा प्रधानमन्त्रीको पनि जवाफदेहिता हुन्छ कि हुँदैन भनेर प्रश्न गरे ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया