संसद्मा प्रेम सुवालको प्रश्न : कर छुट गराउन अर्थ मन्त्रालय छिर्ने विदेशी कुन देशको हो ?
काठमाडौँ- प्रतिनिधि सभा बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गत जेठ १४ गते बजेटमा कर छुट गराउन अर्थमन्त्री जनार्दशन शर्माको कार्यकक्षमा छिर्ने दुईमध्ये एक जना विदेशी नागरिक भएको दाबी गरेका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले ती विदेशीको परिचय खुलाउन माग गरेका छन् ।
‘जेठ १४ गते राती १२ बजे अर्थ मन्त्रालयमा प्रवेश गर्ने दुई जनामध्ये एक जनाको परिचय अझै खुलेको छैन । सीए भनिएको त्यो विदेशी नै हुनपर्छ भन्ने कुरा बाहिर आएको छ । तर कुन देशको नागरिक हो भन्ने बाहिर आएको छैन । विदेशी नागरिक अर्थ मन्त्रालयका कर छुट गराउन कसरी पुगे ? अर्थमन्त्रीजीले कसरी बाटो दिनु भयो ?,’ सुवालले प्रश्न गरे ।
उनले बैठकमा ती विदेशीलाई प्रवेश दिएर गठबन्धन दलहरुले कति कमिसन पाए त्यो समेत स्पष्ट पार्न अनुरो गरे ।
अर्थमन्त्रीले कुन कुन उद्योगलाई कति कर छुट दिएको हो सो पनि सदनलाई जानकारी गराउनु पर्ने उनले बताए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया