माल्दिभ्सको राजधानी मालेमा कर्फ्यू अन्त्य

माल्दिभ्सको राजधानी मालेमा लगाइएको कर्फ्यू हटाइएको छ ।
माल्दिभ्सको स्वास्थ्य सुरक्षा निकायले राजधानी सहरमा लगाइएको कर्फ्यू अन्त्य गरिएको बिहीबार जानकारी दिएको हो ।
सार्वजनिक स्वास्थ्य महानिर्देशक मैमुना अबु बाकरले बिहीबार प्रकाशित गरेको सूचनामा राति ११ बजेदेखि बिहान ४:३० बजेसम्मका लागि लागू गरिएको कर्फ्यू हटाइएको उल्लेख छ ।
उहाँका अनुसार राजधानी मालेमा गत मार्च ४ देखि लगातार कर्फ्यू लगाइएको थियो । कोरोनाभाइरसको महामारी थप फैलिन नदिने उद्देश्यले कर्फ्यू लगाइएको पनि उहाँले सूचनामा उल्लेख गर्नुभएको छ ।
कर्फ्यू लगाएसँगै बन्द भएका प्राथमिक विद्यालय, डे केयर, जिम, विश्वविद्यालय, चलचित्र घरलगायत पनि कर्फ्यू हटाइएसँगै पूनः सुचारु हुने भएका छन् ।
सुचारु गर्न लागिएका सेवा सञ्चालन गर्न कोरोनाभाइरसबाट बच्नका लागि अपनाउनु पर्ने आधारभूत सतर्कता र मापदण्ड भने पालना गर्नु पर्ने व्यवस्था गरिएको छ । त्यसका लागि सरकारले स्वास्थ्य सतर्कता निर्देशिकासमेत जारी गरेको छ ।
माल्दिभ्समा अहिलेसम्म २४ हजारभन्दा बढी मानिसमा कोरोनभाइरसको सङ्क्रमण पुष्टि भएको अधिकारीहरूले जनाएका छन् । (सिन्ह्वा)

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : …
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रतिक्रिया