सोमबार ०९ असार, २०८२
Monday, June 23, 2025

डडेल्धुरामा देवर र भाउजू एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला

फाइल फोटो

धनगढी - डडेल्धुरामा देवर र भाउजू एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन् । डडेल्धुराको आलिताल गाउँपालिका–५ भावर बस्ने पशुपति बिक र गणेश बिकको एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । 

आलितालको वडा नम्बर ३ र ५ को सीमाना रेला पुल नजिक रहेको कैलाश समैजेश्वर सामुदायिक वनमा उनीहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।