मलको सहज आपुर्ति गर्न सभामुखले दिए सरकारलाई निर्देशन

काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मलको व्यवस्थापनका विषयमा आवाज उठाएका छन् । प्रमुख प्रतिपक्षी दल एमालेका १५ सांसदले संसदमा बजेट छलफल स्थगनको प्रस्ताव दर्ता गराएका थिए ।
प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहितका सांसदहरुले स्थगन प्रस्ताव दर्ता गराएकोमा उक्त छलफलमा ४८ जना सांसदले आफ्नो धारणा राखेका थिए ।
सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरू र कृषि तथा पशुपंक्षी विकास मन्त्रीले दिएको जवाफलाई हेर्दा नेपालमा रासायनिक मलको चरम अभाव रहेको पाइएको जनाएका छन् । यस विषयमा सदनको गम्भीर ध्यानाकर्षण भएको उनको ठहर छ ।
कुल ग्राहस्थ उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रका समस्या समाधान गर्ने कार्यलाई प्राथमिकता दिँदै अत्यावश्यक रासायनिक मल कृषकलाई सहजरुपमा उपलव्ध गराउनका लागि सम्भाव्य सबै उपाय अवलम्वन गरी कार्य सम्पादन गर्न सभामुखले नेपाल सरकारलाई निर्देश दिएका छन् ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया