ओप्पोले घटायो ए१६के स्मार्टफोनको मूल्य

काठमाण्डौँ- स्मार्टफोन कम्पनी ओप्पोले ए–सिरीज अन्तर्गतको पछिल्लो स्मार्टफोन 'ए१६के' को मूल्य घटाएको छ। ओप्पोले 'ए१६के' मा २ हजार रूपैयाँ घटाएको हो। पहिला १९ हजार ९ सय ९० रूपैयाँ रहेको फोनको मूल्य २ हजार घटाइ १७ हजार ९ सय ९० कायम गरिएको जनाएको छ। कम्पनीले एक विज्ञप्ती जारी गर्दै मूल्य घटाएको जनाएको छ ।
यस्तो छ विशेषता
ओप्पोको ए–सिरीज अन्तर्गतको पछिल्लो स्मार्टफोन 'ए१६के' मार्च २०२२ मा नेपालमा सार्वजनिक गरिएको थियो । ओप्पो 'ए१६के' ले ओप्पोको स्वामित्वमा रहेको ओप्पो थ्रीडी स्लीक डिजाइन, उत्पादन प्रक्रिया, स्टाइलिस र टिकाउ उपकरण उत्पादन गर्ने ए–सिरीजको परम्परालाई निरन्तरता दिइरहेको छ ।
ओप्पोको १६.६५ से.मि ( ६.५२”) एच्डी वाटरड्रप स्क्रिन र १६००*७२० डिस्प्लेको साथ अपग्रेड गरिएको छ, जहाँ चार गोलाकार कुनाहरूलाई पोइन्ट कर्नरहरू बनाइन्छ । यो फोन ४२३० एमएएच् लङ्ग–लास्टिङ ब्याट्रीको साथ सुसज्जित छ, यसले प्रयोगकर्ताहरूलाई आवश्यक पर्दा उत्पादनशील र मनोरञ्जन दुवैको लागि उपयुक्त छ । यसमा ५एक्स डिजिटल जुम र ५ एमपी फ्रन्ट क्यामेराको साथ १३ एमपी रियर क्यामेरा रहेको छ ।
विभिन्न विषयवस्तुहरू र पोर्टेटहरू, स्न्यापसटहरू र धेरै परिदृश्यहरू र अगाडी र पछाडी दुबै क्यामेराले स्टाईलिश फोटोहरूमा प्रभाव पार्ने ओर्जिनल, फ्रेस, ट्रान्सपरेन्सी, सनी, मीस्ट, फील्ड, जोर्नी, डिलिसीयस, कोल्ड, फील्म, सीटी, रेट्रो,अटम, ग्रे, फेड र मोनोक्रोम जस्ता १५ स्टाइलिश फिल्टरहरू सपोर्ट गर्दछ । यसबाहेक, यसले एआई ईन्जिन मार्फत दृश्य पहिचान गर्दछ र त्यसपछि यसले ईमेजका रङ्गहरू पुनः निर्माण गर्न पिक्सेल स्तरका कलर म्यापिङ एल्गोरिदम फोटो थप जीवन्त र प्राकृतिक होस् भनेर प्रयोग गर्दछ । पछाडीको क्यामेराको लागि तीनवटा नयाँ कस्मोपोलिटेन, एस्ट्रल र ड्याजल नाइट फिल्टरहरू छन् । यी सबै डिजाइनले प्रयोगकर्ताहरूलाई, सुन्दर र व्यावसायिक नाइट शटहरू लिन मद्दत गर्दछ ।
ओप्पो 'ए१६के' कोे मुनलाईट डिस्प्ले, सनलाईट डिस्प्ले र एआई स्मार्ट ब्याकलाइर्टले दिनभरी प्रयोगकर्ताको आँखाको ख्याल राख्छ । स्क्रिन पुल डाउन गरी एप आइकनहरू छेउमा राख्न सक्दछ र उक्त आइकनहरू छोडी एप खोल्न सक्दछ ।

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया