बिहीबार ०८ जेठ, २०८२
Thursday, May 22, 2025

टी-ट्वान्टी च्यालेन्जड् सिरिजः भारतविरुद्ध नेपालको पहिलो जित

काठमाडौँ – टी-ट्वान्टी इन्टरनेशनल फिजिकल्ली च्यालेन्जड् सिरिज अन्तर्गत भारतविरुद्ध नेपालले पहिलो जित हात पारेको छ । मुलपानी क्रिकेट मैदानमा भएको तेस्रो खेल नेपालले १ विकेटले जितेको हो । भारतविरुद्ध नेपालको यो पहिलो जित पनि हो । 

तेस्रो खेलमा ९१ रनको लक्ष्य नेपालले १९ ओभरमा ९ विकेट गुमाएर पुरा गर्‍यो । नेपालको जितमा डम्बर बहादुर मगरले सर्वाधिक २३ रन तथा कुञ्ज विहारी चौधरीले २० रनको योगदान गरे । भारतका लागि अरुण गिरी र सायद शाह अजिजले समान ३-३ विकेट हात पारे । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले १८ ओभर ४ बलमा अलआउट हुँदै ९० रनमा समेटियो । भारतका लागि जमिर पठान र अरुण गिरीले समान १७-१७ रन जोडे । 

नेपालका लागि सुमन बरालले सर्वाधिक ४ विकेट हात पार्दा राहुल कुमार कोइरीले २ र तबरेज आलमले १ विकेट लिए । 

यसअघिका दुई खेल जित्दै तीन खेलको सिरिज भने भारतले जितिसकेको थियो ।