ट्वीटरलाई नै उजुरी गर्न थालेपछि सूर्य थापाले हटाए असंवेदनशील पोष्ट

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले धेरै आलोचना भएपछि आफैँले पोष्ट गरेको एउटा असंवेदनशील पोष्ट डिलिट गरेका छन् । सर्वाेच्च अदालतले नेकपा खारेजीको फैसला पुनरावलोकनको माग राखेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवेदनमाथि यसअघि कै फैसलालाई सदर गर्दै पुनरावलोकलन नहुने आदेश दिएपछि सूर्य थापाले दाहाललाई व्यंग्य गर्दै एउटा असंवेदनशील पोष्ट गरेका थिए ।
थापाले एकातिर अदालतको आदेश र अर्कातिर दाहालको तस्बिर राखेका थिए । दाहालको उक्त तस्बिर आफ्ना छोरा प्रकाशको निधन हुँदा भावविह्वर भएर रोइरहेको अवस्थाको थियो । थापाले संवेदनशील विषयमा असंवेदनशील भएर दाहालप्रति गरेको खिसिट्युरीप्रति धेरैले आलोचना र टिप्पणी गरिरहेका छन् । धेरैले थापाको पोष्टप्रति आपत्ति जनाउँदै ट्वीटरको अफिसियल एकाउण्टलाई मेन्सन गरेर थापाको ट्वीटर एकाउण्ट स्पेन्ड गर्न आग्रह गरिरहेका छन् । थापाले अहिले उक्त पोष्ट हटाएर फैसला भन्दै सर्वाेच्च अदालतको आदेशको फोटो खिचेर राखेका छन् ।
यस्तो छ थापाले डिलिट गरेको ट्वीट
अहिले गरेको पाेष्ट यस्तो छ :
फैसला । pic.twitter.com/1Ye8lnQBQK
— Surya Thapa (@ThapajiSurya) April 1, 2021

‘विपक्षीको आलोचनाले पार्टीलाई सुधार गर्न सहयोग पुग्छ’

'विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै छ'

विपद्को समयमा नागरिकको जीवन रक्षाका लागि तयार भएर बस्नुस्ः गृहमन्त्री लेखक

काङ्ग्रेसभित्र एकता अपरिहार्य छ : प्रवक्ता महत

राप्रपा नेपालले भातृ संगठनको रुपमा बनायो राष्ट्रिय लघुवित्त संगठन

डोटीका गाउँ बस्तीमा कांग्रेस नेता विष्ट

पुर्व तयारी र सुचना प्रवाहमा कुनै कमी नहोस्: उर्जा मन्त्री

प्रतिक्रिया