लिभरपुलले बेनफिकाबाट नुनेजलाई भित्र्यायो
काठमाडौँ– इंग्लिस क्लब लिभरपुलले उरुग्वेका स्ट्राइकर डार्विन नुनेजलाई भित्र्याउने सम्झौता भएको छ । लिभरपुलले पोर्चुगिज क्लब बेनफिकाबाट नुनेजलाई भित्र्याउने सम्झौता गरेको हो ।
बेनफिकाका अनुसार ७५ मिलियन युरो सम्झौता भए पनि अन्य सुविधालाई जोडेर समग्रमा १ सय मिलियन युरो पुग्नेछ । २२ वर्षीय नुनेजले बेनफिकाका लागि गत सिजन ४१ खेल खेल्दै ३४ गोल गरेका थिए ।
यस अघि लिभरपुलले सन् २०१८ मा साउथह्याम्पटनका भर्जिल भान डिकलाई भित्र्याउँदा ७५ मिलियन युरो तिरेको थियो । म्यानचेस्टर युनाइटेडले पनि नुनेजलाई भित्र्याउन खोजेको बीबीसीले जनाएको छ ।
उरुग्वेका लागि ११ खेल खेलेका नुनेजले २०२१-२२ को पोर्चुगलको लिगमा २८ खेल खेल्दै २६ गोल गरेका थिए । नुनेजले गत सिजनको च्याम्पियन्स लिगको क्वार्टरफाइनलको दुबै लेगमा लिभरपुलविरुद्ध गोल गरेका थिए ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया