बिहीबार ०८ जेठ, २०८२
Thursday, May 22, 2025

निलम्बनमा परेपछि सुरेन्द्र पाण्डे भन्छन् : केपी ओली गुटपरस्त मानिस हो

काठमाडौँ  : नेकपा एमालेको विवाद झन चर्किएको छ । केही दिनअघि वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई पार्टीको साधारण सदस्यबाट ६ महिना निलम्बन गरेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि ६ महिना साधारण सदस्यबाट निलम्बन गरेका छन् । निलम्बनपछि सुरेन्द्र पाण्डेले आफ्नो प्रतिक्रिया दिँदै ओली गुट परस्त मानिस भएको बताएका छन् । 

‘यो कदम पूर्व नियोजित र अपेक्षित नै थियो । पार्टी अध्यक्ष केपी शर्मा ओली लामो कालदेखि गुटपरस्त मानिस हो,’ पाण्डेले फेसबुकमा लेखेका छन्, ‘गुटबन्दी गर्दैगर्दै गएर नवौँ महाधिवेशनमा पार्टी कब्जा गर्नुभयो । गुटद्वारा कब्जा गर्दै पार्टीका मानिस निकाल्ने, गुटद्वारा शासन गर्ने सिलसिलाकै जारी रूप हो । यसले आन्दोलनलाई नोक्सानी गर्छ नै । ’ 

ओली एमाले र मुलुकको कम्युनिष्ट आन्दोलन नै समाप्त गर्ने दिशातिर लागेको पाण्डेको आरोप छ । ‘एमाले र मुलुकको कम्युनिष्ट आन्दोलन नै समाप्त गर्ने दिशातिर लाग्नु भएको छ ,’ उनले थप लेखेका छन्, ‘हामी कम्युनिष्ट आन्दोलनको झण्डालाई झुक्न दिँदैनौँ । यसलाई अघि बढाउने कुरामा कुनै कसर बाँकी राख्दैनौँ ।’ पाण्डेले ओलीले निलम्बन गरे पनि थप सशक्त भएर गम्भी।र भएर अघि बढ्ने बताएका छन् ।  ‘घोषणा पत्र मार्फत गरिएको बाचाहरू, समृद्ध नेपाल निर्माण गर्ने अभिभाराहरू हामि पुरा गर्नेछौ । थप सशक्त, अझ जुझारू र गम्भीर भएर अघि बढ्छौँ’ उनले लेखेका छन् ।  

यो कदम पूर्व नियोजित र अपेक्षित नै थियो । पार्टी अध्यक्ष केपी शर्मा ओली लामो कालदेखि गुटपरस्त मानिस हो । गुटबन्दी...

Posted by Surendra Pandey on Thursday, April 1, 2021