हेटौंडामा बालेन-सुनिता

मकवानपुर- काठमाडौँ महानगरपालिका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल एक कार्यक्रमका लागि हेटौंडा आइपुगेका छन् ।
संघीय सरकार र बागमती प्रदेश सरकारको संयुक्त आयोजनामा हुन लागेको अभिमुखिकरण कार्यक्रममा सहभागी हुन हेटौंडा आइपुगेका उनीहरूलाई स्थानीय मिडिया र युवाहरू चासोका साथ प्रतिक्रिया लिइरहेका छन् । काठमाडौँ महानगरको योजनाबारे हेटौंडा उपमहानगरवासीले पनि चासो राख्नु स्वभाविक भएको होटल व्यवसायी विजय बासुकलाले बताए ।
बागमती प्रदेशका १ सय १९ वटै स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुखका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन काठमाडौँ महानगरपालिकाको मेयर शाह र उपमेयर डंगोलसहित प्रदेशमा स्थानीय तहको निर्वाचित प्रमुख र उपप्रमुखहरू हेटौंडामा आइपुगेका छन् ।
कार्यक्रम आज बिहान ९ बजेबाट सुरूभई भोलिसम्म चल्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अधिकृत अच्युत लामिछानेले बताए । सहभागीहरू हिजै हेटौंडा आइपुगेका छन् ।

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

शिव सर्किटको अवधारणामा बाग्मती प्रदेश सरकार
माझी भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

प्रतिक्रिया