बिहीबार ०८ जेठ, २०८२
Thursday, May 22, 2025

किसुनजीले भनेका थिए : मैले अब ल्याउँछु, त्यही मेलम्चीको पानी

काठमाडौँ : नेपाली कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागले तल्कालिन पार्टी सभापति तथा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याउनेबारे बोलेको भिडियो सार्वजनिक गरेको छ । 

विभाग प्रमुख तथा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले २०४८ सालमा  निर्वाचन हुने बेलामा प्रधानमन्त्री रहेका भट्टराईले मेलम्चीको पानी काठमाडौँ ल्याउने सम्बन्धमा बोलेको क्लिपहितको यूट्यूबमा भिडियो सार्वजनिक गरेका छन् । भिडियोमा भट्टराईले ‘मैले अब ल्याउँछु, त्यही मेलम्चीको पानी’ भन्‍ने क्लिप राखिएको छ । 

भिडियोमा अरु आवाज भने प्रवक्ता शर्माको छ । शर्माले भिडियोमा किसुनजीले भन्दा त्यसबेला काठमाडौँबासीले पत्याएकै थिएनन् । तर, त्यो दिन आइपुग्यो भनेका छन् । साथै पार्टीले यो सुखद् क्षणमा कांग्रेस नेतृत्वको सरकारले गरेको त्यो निर्णय र किसुनजीलाई स्मरण गर्ने पनि भिडियोमा उल्लेख छ । 

साथै आयोजना निर्माणमा आर्थिक र भौतिक सहयोग गर्ने विदेशी, उत्कृष्ट डिजाइन गर्ने सक्षम इञ्जिनियर, आयोजनाको प्रगतिमा ईट्टा थप्ने पछिल्ला सरकार र सिन्धुपाल्चोकबासी प्रति कांग्रेसले आभार प्रकट गरेको छ ।

आयोजना निर्माणका क्रममा दिवंगत भएका इञ्जिनियर र श्रमिकहरूप्रति कांग्रेसले श्रद्धाञ्जली प्रकट गरेको छ । 

यस्तो छ कांग्रेसले सार्वजनिक गरेको भिडियो :