भारतले जित्यो टी-ट्वान्टी इन्टरनेशनल फिजिकल्ली च्यालेन्जड सिरिज

काठमाडौँ – पाहुना टोली भारतले नेपालविरुद्धको टी-ट्वान्टी इन्टरनेशनल फिजिकल्ली च्यालेन्जड् सिरिज जितेको छ । मुलपानी क्रिकेट मैदानमा भएको दोस्रो खेल ७७ रनले जित्दै भारतले सिरिज १ खेल अगावै २-० ले जितेको हो । शनिबार भएको पहिलो खेल भारतले १२ रनले जितेको थियो ।
आइतबारको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १ सय ४५ रन जोड्यो । भारतका लागि शाहुल हमदले सर्वाधिक ५५ रन तथा सायद शाह अजिजले ५४ रनको योदान गरे । नेपालका लागि मनोज थापाले २ तथा तबरेज आलमले १ विकेट लिए ।
१ सय ४६ रनको लक्ष्य पछ्याएको नेपाल १५ ओभर ५ बलमा अलआउट हुँदै ६८ रनमा समेटियो । नेपालका लागि विवेक शर्माले सर्वाधिक ११ रन बनाए ।
भारतका लागि मनी भननले सर्वाधिक ५ विकेट हात पार्दा सायद शाह अजिजले २ विकेट लिए । मखन सिंह राजपुत, विशाल नायक र दिवाकर तिवारीले १-१ विकेट हात पारे ।
नेपाल र भारतबीचको तेस्रो खेल सोमबार हुनेछ ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया