इन्दिरा जोशीको आइतबार मेहन्दी, मंगलबार विवाह

काठमाडौँ - गायिका इन्दिरा जोशीले मंगलबार प्रेमी शरद केडियासँग विवाह गर्ने भएकी छिन् । उनले इन्स्टामा एउटा पोस्ट राख्दै मंगलबार शरदसँग विवाह गर्न लागेको जानकारी गराएकी छिन् । अंग्रेजीमा लेखिएको पोस्टमा उनले लेखेकी छिन् ।
‘भगवानको कृपा र परिवारको आशिवार्दलाई साक्षी राख्दै हामीले जुन १४मा विवाह गर्ने निर्णय गरेका छौँ । यो यहाँको आशिर्वाद र शुभेच्छा भोलिका दिनमा पनि रहनेछ भन्ने अपेक्षा राखेका छौँ ,’ उनले लेखेकी छिन् ।
शरदले एभरेस्ट बेसक्याम्पमा इन्दिरालाई औंठी दिएर विवाहका लागि प्रस्ताव गरेका थिए । आइतबार पारिवारिक समारोहमा दुवैको मेहन्दी कार्यक्रम सम्पन्न भएका तस्बिर फाट्टफुट्ट सार्वजनिक भएका छन् ।
नेपाल आइडलको मञ्चबाट गायनमा प्रवेश गरेकी इन्दिराले आइटम गायिकाको रुपमा पाश्र्व गायनमा नाम कमाएकी थिइन् । पछिल्लो समय भने उनले यस्ता गीत नगाउने अनौपचारिक घोषणा गरेकी छिन् । इन्दिराका हुनेवाला दुलाहा शरद केडियो फेसन डिजाइनर रहेको बताइएको छ ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया