शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

नेपालमा थप १९ मा कोभिड–१९ पुष्टि

काठमाडौं– नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार १ सय ६२ पिसिआर परीक्षणका क्रममा ११ जना र १ हजार २ सय ९१ एन्टीजेन परीक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 
कोरोनाका कारण आइतबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार २ सय ४ जना निको भएका छन् । हाल नेपालमा १ सय ६ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।