फुटबलमा ५ वैकल्पिक खेलाडी राख्न पाउने कानुन पारित हुँदै
काठमाडौँ – सोमबार दोहामा हुने इन्टरनेशनल फुटबल एसोसिएसन बोर्ड बैठकमा फुटबलमा ५ वैकल्पिक खेलाडी उतार्न पाउने प्रावधानलाई कानुनमै ल्याइने भएको छ । फुटबलका कानुन निर्माताहरुले ५ वैकल्पिक खेलाडी मैदानमा उतार्न पाउने कानून ल्याउन लागेको बीबीसीले उल्लेख गरेको छ ।
कोभिड-१९ महामारीका कारण सन् २०२० को मे महिनामा ५ वैकल्पिक खेलाडी मैदानमा खेलाउन पाउने प्रावधान ल्याइएको थियो । र यो कानून सन् २०२२-२३ को सिजनदेखि कानुनकै रुपमा लागू हुने छ ।
तर सन् २०२०-२१ को सिजनमा भने इंग्लिस प्रिमियर लिगले भने ५ खेलाडीलाई वैकल्पिक खेलाडीको रुपमा उतार्न पाउने व्यस्थालाई यथावत नराखी बढीमा ३ खेलाडीलाई वैकल्पिक खेलाडीको रुपमा मात्र राख्न पाउने नियममै फर्कियो । सन् २०२१-२२ को सिजनमा पनि ३ बैकल्पिक खेलाडीको व्यवस्थालाई नै यथावत राखिएको थियो ।
तर मार्चमा भएको मतदानका क्रममा प्रिमियर लिग क्लबहरुले पनि २०२२-२३ को सिजनबाट ५ वैकल्पिक खेलाडी उतार्न पाउने विषयमा सहमत भए ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया