परिवारबाट मुक्ति चाहियो भन्दै र्यापर जी–बबकोे पत्रकार सम्मेलन

काठमाडौँ - आफ्नै बुबाआमाविरुद्ध मुद्दा हालेका र्यापर जी–बब (सुदीप भण्डारी)ले आफू परिवारसँग सन्तुष्ट नरहेको बताएका छन् । उनले आइतबार कालोपुलस्थित एक ब्याङक्वेटमा पत्रकार सम्मेलन गर्दै उनले आफ्ना दुइटा माग रहेका बताएका छन् । जी–बबले आफूले काम गरेको पैसा आफूले पाउनुपर्ने र आफ्नो जीवनमा परिवारले कुनै हस्तक्षेप गर्न नहुने आफ्नो माग रहेको बताएका थिए ।
‘मेरो धेरै केही कुरा छैन । मलाई परिवारको भर छैन,त्यसैले म आफ्नो जीवन आफ्नो हिसाबले बिताउन चाहान्छु । आर्थिकदेखि बाँकी कुराको निर्णय गर्न म आफैँ सक्षम छु, परिवारले अनाश्यवक दुःख दिनु भएन,’उनले पत्रकार सम्मेलनमा भने ।
परिवारले जी–बबको कमाइमा भाग खोजेपछि जी–बबसँग सम्झौता गरेको एनटीएफ र परिवारको झगडा परेको हो । आफ्नै छोरालाई अपहरण गरेको भन्दै जी–बबका बुबाआमा एनटीएफविरुद्ध जिल्ला प्रशासन कार्यालय गएपछि विवादले चर्को रुपमा लिएको हो । जी–बबसँग आफूहरूको दुई वर्षको सम्झौता रहेको र त्यतिन्जेलसम्म जी–बबलाई एनटीएफसँग काम गर्न परिवारले अवरोध नगर्नेबाहेक आफूहरूको कुनै माग नरहेका एनटीएफका निमसाङ शेर्पाले बताएका छन् ।
‘जी–बब जहाँ बसे पनि बसोस् हाम्रो चासोको कुरा हैन । ऊसँग हाम्रो दुई वर्षको सम्झौता छ जसमा एउटा एल्बम निकाल्नेदेखि विभिन्न कार्यक्रम गर्ने कुरा छन् । हामीले खोजेको समयमा ऊ उपलब्ध भइदिए भयो,’ शेर्पाले इकागजसँग भने, ‘तर परिवारले हामीले नै जी–बबलाई बन्धक बनाएको भन्दै प्रहरी उजुरी गर्न गयौ । हामीले बाध्य भएर मुख खोल्नु परेको हो ।’
शेर्पाका अनुसार आफूहरूको सम्झौता जी–बबसँगै रहेकाले आफूहरूले पेमेन्ट पनि उसैलाई गर्ने तर परिवारले यसमा भाग खोजेकाले समस्या आएको शेर्पाले बताए । शेर्पाले भने, ‘उसले रिहाब जानुपरे म आफ्नो हिसाबले जान्छु भनेको छ । तर परिवारले जी–बबको कुरा नमान्दा बेकारमा विवाद भयो ।’
शेर्पाले जी–बब अझै पनि पूर्णतया स्वस्थय नभएकाले आफूहरूले कार्यक्रमको सम्झौता गर्ने तर जी–बब नआइदिने हो भने मार्सेलाको कार्यक्रममा झैँ तोडफोड हुनसक्छ । यस्तो नहोस् भन्नका लागि नै जी–बबलाई आफूहरूले साथै लिएर बस्न चाहेको बताएका छन् । तर परिवारले भने पैसाको लोभमा निहुँ खोजेको शेर्पाको आरोप छ ।
‘उहाँको छोरा हो । फकाएर लिएर गए भइहाल्यो । हामीलाई सम्झौताअनुसार काम गर्न त दिन पर्यौ नी’ शेर्पाले भने । उता जी–बबले भने परिवारले एनटीएफ र आफूविरुद्ध मुद्दा हाले पछि बुबा आमाले आफ्नो मायाले भन्दा पनि पैसाको लोभमा माया गरिटोपलेको आरोप लगाएका छन् । उनले आमाले आफ्नो साथीको रिहाबमा जबर्जस्ती राख्न नपाएर अनके थरि गरेको पनि आरोप लगाएका छन् । ‘मैले अरु कुरामा हैन, म खुट्टा हालिसकेको ठूलो छोरा हो, मलाई छाडिदिनु पर्यो भनेर निवेदन हालेको हो । मलाई स्वतन्त्रता चाहियो भन्दै मैले निवेदन देको हो,’उनको भनाइ थियो । उनले आइतबारदेखि नै आफूले परिवार त्यागेको र नयाँ परिवार बनाउन लागिपरेको बताएका थिए ।
जी–बबले आफू यो संसारकै सर्वोत्कृष्ट ब्याटल र्यापर रहेको पनि दाबी गरेका थिए । उनले आफूलाई केही समय दिए संसारकै उत्कृष्ट र्याप दिने वाचा पनि गरेका थिए । जी–बबले आफूले आमासँग सम्पर्क नगरेकाले आमाले अपहरण गरेर मिडियामा गएको पनि आरोप लगाएका थिए ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया