बजेटमा सांसदहरूले अपनत्व महसुस गर्न सकेनन्ः सांसद झा

काठमाडौँ - लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद अनिल कुमार झाले सरकारले प्रस्तुत गर्ने बजेटमा सबै सांसदहरुको स्वामित्व हुन नसकेको बताएका छन् ।
उनले बजेट निर्माणमा सांसदहरुको भुमिका हुन नसकेको बताए । बजेट निर्माणमा सांसदहरुको पनि सक्रिय भुमिका बनाउन संसद र सरकारले ध्यान दिनुपर्ने उनले बताए ।
उनले भने, ‘जनताबाट प्रत्यक्ष निर्वाचित हुने सबभन्दा ठुलो जिम्मेवारीको पद मानिन्छ ति सांसदहरुको यो बजेट निर्माणमा के भुमिका छ ? कुनै भुमिका छैन । सांसदहरुले के यो बजेटको किताबमाथि मेरो पनि यसमा संलग्नता छ, मैले भनेका चिजहरुपनि यसमा संलग्न छन् भन्ने कुनै ठाउँ छ ? कुनैपनि ठाउँ छैन । त्यसैले सम्पूर्ण सांसदहरुको, सिंगो संसदको यसमाथि स्वामित्व रहनुपर्छ । म बडो लज्जासाथ भन्न चाहान्छु कतिपय मामिलामा आजका हामी सांसदहरुभन्दा वडाअध्यक्षहरूलाई आम जनताले बढी एक्टिभ हेर्दछ । यो ग्राउन्ड रियालिटी हो । यो कुरालाई यो संसदले यो सरकारले नोट गर्नुपर्दछ ।’
सांसद झाले स्वास्थ्य बीमा गर्ने बिरामीहरु उपचारका लागि जुन स्वास्थ्य संस्था पुग्छन् बीमा कार्यान्वयन सोही संस्थामा हुनुपर्ने बताए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया