बजेटमा संघीयता र समावेशीकरण अलमलमा परेको अनुभूति हुन्छ : शक्ति बस्नेत
काठमाडौं–नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले बजेटमा संघीयता र समावेशीकरणको विषय अलमलमा परेको अनुभूति भएको बताएका छन् । संसद्मा जारी मन्त्रालयगत विनियोजित बजेट छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘संघीयता र समावेशीकरणको बारेमा बजेटमा जुन प्राथमिकताका साथ छलफल भएको थियो,’ उनले भने, ‘विनियोजन शीर्षकसम्म आइपुग्दा त्यो फेरि पनि अलमलमा परेको जस्तो अनुभूति हुन्छ । ससर्त अनुदानका शीर्षकहरूमा विभागीय मन्त्रालय र अर्थमन्त्रालयको बीचमा अलिअलि असमझदारी देखा परिरहेका छन् ।’
उनले प्रदेश सरकार र स्थानीय तहलाई दिइने अनुदानमा बजेट अलि उदार हुन नसकेको समेत बताए । ‘बजेटको ससर्त अनुदान विशेष अनुदान वा समपूरकका हिसाबले हेर्दा सबै हिसाबले बजेटको अलि ठूलो परिणाम प्रदेशमा र स्थानीय तहहरूमा लैजानु पर्दछ भन्ने बजेटको स्पिरिट थियो,’ उनले भने, ‘तर कार्यन्वयन गर्ने क्रममा अलि बढी उदार हुन नसकेको जस्तो पनि महशुस हुन्छ । ससर्त अनुदानमै १ लाख सम्मका योजनाहरू राखिएका छन् । कार्यान्वयनमा र थप पूँजीगत खर्च बढाउने कुरामा यसले थप समस्या गर्छ होला ।’
विनियोजित बजेटको अवस्थाले पूँजीगत खर्च बढाउने कुरामा अप्ठेरो हुने उनको भनाइ छ । ‘बजेटमा यति धेरै ससर्त योजनाहरू प्रदेश र स्थानीय तहमा पठाइएको छ,’ उनले भने, ‘न ति योजनाहरू प्रदेश र स्थानीय तहले स्वामित्व लिने अवस्था रहनेछ । न ती सबै कार्यन्वयन गर्नको लागि संरचनात्मक व्यवस्था छ । यसले पूँजीगत खर्च बढाउने कुरामा फेरि पनि अप्ठेरो पार्छ भन्ने कुरा महशुस भएको छ ।’

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया