काठमाडौँ मेयर कप क्रिकेट हुनेबारे छलफल

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र नेपाल क्रिकेट संघ (क्यान) का महाप्रबन्धक वृतान्त खनालबीच आइतबार भेटवार्ता भएको छ । भेटवार्ताको क्रममा मेयर कपको नाममा क्रिकेट प्रतियोगिता आयोजना गर्ने बारे छलफल भएको छ ।
क्यानका महाप्रबन्धक खनालका अनुसार काठमाडौँको मेयर-११ क्रिकेट टिम बनाएर मेयर कप क्रिकेट प्रतियोगिता आयोजना गर्नेबारे छलफल भएको हो । उक्त प्रतियोगितामा प्रदेश स्तरीय टिम तथा क्लबको सहभागिता रहने गरी आयोजना गरिने बारे छलफल भएको खनालले बताए ।
यसका साथै प्यावसन र एनप्यावसनसँग मिलेर काठमाडौँ महानगरभित्रका विद्यालयमा क्रिकेटलाई प्रोत्साहन गर्ने विषयमा छलफल समेत भएको उनले जानकारी गराए ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया