रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा खारेज
काठमाडौँ– पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोमाथि लागेको बलात्कार आरोपको मुद्दा एक अमेरिकी न्यायाधीशले खारेज गरेका छन् । आरोपीका वकिलले चोरी भएको तथा चुहावट भएको सूचनाको भरमा रोनाल्डोमाथि आरोप लगाएको भन्दै न्यायाधीशले उक्त मुद्दा राखेज गरेको बीबीसीले जनाएको छ ।
म्यान्चेस्टर युनाइडेटका स्ट्राइकर रोनाल्डोले लस भेगसको एक होटलमा सन् २००९ मा आफूलाई बलात्कार गरेको काथरिन मायोर्गाले आरोप लगाएकी थिइन् ।रोनाल्डोले उक्त आरोपको अस्वीकार गर्दै आएका थिए भने उनीमाथि कहिल्यै पनि आरोप प्रमाणित भएको थिएन् ।
सन् २०१० रोनाल्डोले उनलाई ३ लाख ७५ हजार अमेरिकी डलर दिएपछि उनीहरूबीच अदालत बाहिर नै उक्त कुरा सहमतिमा टुंगिएको थियो तर पछि मायोर्गा अदालत पुगेकी थिइन् ।
तर मुद्दा दायर गर्नुभन्दा अगाडी मायोर्गाका वकिलले गोप्य सूचना तथा कागजात हात पारेको युएस डिस्ट्रिक्ट अदालतका न्यायाधीश जेनिफर डोर्सीले लेखेकी छन् ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया