शहीद गंगालाल हृदय केन्द्र बाँसबारीमा जागिर खुल्यो

काठमाडौँ- शहीद गंगालाल हृदय केन्द्र बाँसबारीले स्टाफ नर्ससहित विभिन्न स्वास्थ्यर्मी तथा प्रशासनिक कर्मचारीको माग गरेको छ । केन्द्रले आन्तरिक तथा खुला परीक्षाको आवेदन खुला गरेको हो ।
खुला तर्फ स्टाफ नर्स कूल ३० जना माग गरेको छ । खुलातर्फ १७, महिला ४, आदिवासी जनजाति ३, मधेसी ३, दलित १, अपाङ्ग १ र पिछडा क्षेत्रबाट १ जनाका लागि आवेदन आव्हान गरेको हो । कार्यक्षमता तथा आन्तरिक प्रतियोगिताको लागि पनि कर्मचारी माग गरेको हो ।
त्यस्तै, खुला प्रतिष्पर्धात्मका लागि प्रशासनिक क्षेत्रमा प्रशासन सहायक १ जनाको माग गरेको छ भने अन्य पदमा भने आन्तरिक तथा कार्यक्षमता मूल्यांकनका लागि आन्तरिक वरिष्ठ प्रशासन सहायक २, वरिष्ठ लेखा सहायक २, प्रशासन सहायक १, प्रशासकिय अधिकृत १ र प्रशासन सहायक १ जनाको माग गरेको हो ।
केन्द्रको जेठ २६ गतेको निर्णयअनुसार विभिन्न पदमा आवेदन खुला गरिएको हो । खुला प्रतिष्पर्धाका लागि आवेदकले सूचना प्रकाशित गरेको २१ दिनमा आवेदन दिइसक्नुपर्ने केन्द्रले जनाएको छ ।
खुला तर्फ प्रशासनका लागि ३५ र प्राविधिक तर्फ ४५ वर्ष उमेर ननाघेको हुनुपर्ने छ । लिखित तथा अन्तर्वाता परीक्षा लोकसेवा आयोगबाट हुनेछ ।

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

प्रतिक्रिया