सोमबार ०९ असार, २०८२
Monday, June 23, 2025

प्रशारण लाईनमा रहेका माइलाको उद्धार गर्न ककनी पुग्यो सेनाको हेलिकोप्टर

काठमाडौं– बिहान १० बजेदेखि त्रिशुली थ्री ए को प्रसारण लाइनमा रहेका व्यक्तिको उद्धारका लागि सेनाको हेलिकोप्टर ककनी पुगेको छ । नुवाकोटको ककनी गाउँपालिकामा त्रिशुली थ्री ए को प्रसारण लाइनमा बिहानदेखि हिँडिरहेका बेलकोट गढी नगरपालिका–१२ का माइला विकको उद्धारका लागि सेना पुगेको हो ।

अहिले सेनाको उद्धार टोली खटिएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार नेपाली सेनाको उद्धार टोली विकको उद्धार गर्न प्रसारण लाइनको खम्बामा चढेका छन् । सेना आएपछि माइला झनै भागिरहेका छन् । 
 

हाइटेन्सन तारमा हिँडिरहेका व्यक्तिको उद्धारका लागि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले नेपाली सेनालाई आग्रह गरेकी थिइन् ।  तवरबाट उनको सकुशल उद्धार गर्न उनले सेनालाई आग्रह गरेकी हुन् ।

उनी विद्युत प्रशारण लाइनमा भएकाले अहिले ७० मेगावाट विद्युत प्रशारण अवरुद्ध छ । यो मेन हाइटेन्सन लाइन हो । यहीबाट काठमाडौं र भारतसम्म विजुली पठाइन्छ । 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत प्रशारण अवरुद्ध हुँदा अहिले भारतबाट बिजुली ल्याइएको बताए ।
उनी विद्युतको पोलमा चढेदेखि नै तल ओर्लन स्थानीय र प्रहरीले फकाएका थिए । तर, उनले नमानेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी रुपक खड्काले बताए ।