घरको छतबाट खस्दा नागार्जुनमा एक जनाको मृत्यु

काठमाडौं- काठमाडौंको नागार्जुन नगरपालिकामा एक व्यक्ति घरको पाँच तलामाथिबाट खस्दा मृत्यु भएको छ।
मृत्यु हुनेमा नागार्जुन नगरपालिका-४ सितापाइला घर भएका ३७ वर्षीय जितेन्द्र श्रेष्ठ रहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले बताए ।
उनी शनिबार दिउँसो १२:४५ बजेको समयमा घरको छतबाट पानी भर्ने क्रममा चिप्लिएर खसेका थिए । चिप्लेर खस्दा घाइते भएका उनलाई तत्काल उपचारको लागि शुभेच्छा अस्पताल सितापाइला लगिएको भए पनि उनको उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया