सोमबार ०९ असार, २०८२
Monday, June 23, 2025

विद्युत प्रशारण लाइनमा रहेको व्यक्तिको उद्धार गर्न सेनालाई मन्त्री भुसालको आग्रह

काठमाडौं– ८ घण्टादेखि विद्युत प्रशारण लाईनमा हिँडिरहेका व्यक्तिको उद्धारका लागि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले नेपाली सेनालाई आग्रह गरेकी छन्। सुरक्षित तवरबाट उनको सकुशल उद्धार गर्न उनले सेनालाई आग्रह गरेकी हुन् ।

विहान १० बजेदेखि नुवाकोटको ककनीमा रहेको त्रिशुली थ्री ए को प्रशारण लाइनमा नुवाकोटकै बेलकोटगढी नगरपालिका–१२ का माइला विक  बसिरहेका छन् । उनी प्रशारण लाइनको तारमा हिँडिरहेका छन् । प्रहरी र स्थानीयले फकाउँदासमेत उनी झर्न मानेका छैनन् ।

मन्त्री भुसालले सेनालाई हेलिकोप्टरको प्रयोगबाट भएपनि उनको उद्धारका लागि आग्रह गरेकी हुन् ।

मन्त्री भुसालले ट्वीटरमा लेखेकी छन्– ‘नुवाकोटमा त्रिशुली थ्री ए को प्रशारण लाइनमा रहेका व्यक्तिको उद्धार गर्न मैले नेपाली सेनालाई आग्रह गरेको छु । विद्युत लाइनको जोखिमलाई ध्यान दिएर हेलिकोप्टरबाट भए पनि उद्धार गरौं । उद्धारमा साथ दिन सम्बन्धित सबैलाई आग्रह गर्दछु ।’

उनी प्रशारण लाइनमा चढेपछि सम्भावित जोखिमलाई ध्यानमा राखेर नेपाल विद्युत प्राधिकरणले सो प्रशारण लाइनमा विद्युत प्रवाह रोकेको छ ।