सोमबार ०९ असार, २०८२
Monday, June 23, 2025

८ घण्टादेखि विद्युत प्रशारण लाईनमा हिँडिरहेका व्यक्तिको उद्धारका लागि सेना खटाइने तयारी

नुवाकोट– नुवाकोटको ककनीस्थित त्रिशुली थ्री ए को प्रशारण लाइनमा हिँडिरहेका व्यक्तिको उद्धारमा कठिनाई भएको छ । बिहान करिब १० बजेदेखि हाइटेन्सन लाइनमा हिँडिरहेका नुवाकोटको बेलकोटगढी नगरपालिका १३ घले गाउँका माइला विकको उद्धारमा समस्या परेको हो ।

उनको उद्धारका लागि सेना परिचालन गरिने तयारी गरिएको छ । उनी विद्युतको पोलमा चढेदेखि नै तल ओर्लन स्थानीय र प्रहरीले फकाएका थिए । तर, उनले नमानेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी रुपक खड्काले बताए ।

‘उनी ओर्लन मानेका छैनन्,’ उनले भने, ‘उद्धारका लागि जाँदा उन िझन तारै तार भाग्छन् ।’ अहिले उद्धारका लागि सेनासँग समन्वय गरिरहेको उनले बताए । २ सय २० केभीको सो प्रशारण लाइनमा विद्युत आपूर्ति बन्द छ भने बिद्युत प्राधिकरणले बिद्युत उत्पादन समेत बन्द गरेको छ ।