सोमबार ०९ असार, २०८२
Monday, June 23, 2025

दार्चुलाको शैल्यशिखरमा एक पुरुष मृत फेला

दार्चुला- दार्चुलाको शैल्यशिखरमा एक पुरुष मृत फेला परेका छन् । शैल्यशिखर नगरपालिका–६ पनेबाँजका ५५ वर्षीय जयसिंह धामी मृत फेला परेका हुन् ।    
    
महाकाली लोकमार्गको गोकुलेश्वर–खलङ्गा सडकखण्डको चैतलीचौर नजिक भुँणाखोला भन्ने ठाउँमा धामी मृत फेला परेको प्रहरीले जनाएको छ । शुक्रबार बेलुकीदेखि हराएका धामी आज मृतावस्थामा स्थानीयवासीले फेला पारेको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।    
    
मृतकको शवलाई परीक्षणका लागि गोकुलेश्वर अस्पताल लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।