बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

प्रतिकात्‍मक तस्‍बिर ।

कञ्चनपुर- भीमदत्त नगरपालिका–२ भाँसीस्थित पूर्व–पश्चिम राजमार्गमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा आज एक मोटरसाइकल चालकको मृत्यु भएको छ।    
    
से २ प ५६५८ नंको मोटरसाइकललाई से१त ९६६८ नंको ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइल चालक भीमदत्त नगरपालिका–१ बाराकुण्डाका ४० वर्षीय तेजसिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए । बेदकोट नगरपालिका–१० का २५ वर्षीय ट्र्याक्टर चालक राकेश रानालाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।